
अरिस, २५ वैशाख । इजिप्टको सिनाई प्रान्तमा बुधबार इजिप्टको सेनाले गरेको कारबाहीका क्रममा २१ जना हतियारधारी मारिएका छन् ।
सिनाई प्रान्तको रफाह सीमा क्षेत्रमा सो कारबाही गरिएको थियो । कारबाहीमा परी ती हतियारधारी मारिएको इजिप्टको सेनाले जानकारी दिएको छ । सो क्षेत्रमा अल कायदासँग आवद्ध अन्स बायत अल माकदिसले विगतदेखि नै सशस्त्र हमला गर्ने गरेका छन् । यस पटक पनि मारिनेमा सोही समूहका विद्रोही परेका सरकारले जनाएको छ ।
सो क्षेत्रमा इजिप्टको सैनिकले लामो समयदेखि खोजी अभियान सञ्चालन गर्दै आएको थियो । सो खोजीकै क्रममा ती हतियारधरी मारिएको समाचारमा जनाइएको छ । रासस/एएफपी















प्रतिक्रिया