२ कार्तिक २०८३, सोमबार

भूकम्पबाट यसरी बाँचे नेताहरु, कुन नेता के गर्दै थिए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-Dr-yadavकाठमाडौं, २५ वैशाख । राष्ट्रपति डा. रामवरण यादव शीतवनिवासको दोस्रो तलामा रहेको निजी निवासमा बसिरहेका थिए । शनिबार कार्यालय समय नहुँदा आराममा थिए उनी । दिवा खाना खाइसकेका उनी कोठामा एक्लै थिए । उनी कोठामा एक्लै भएको बेलामा विनाशकारी भूकम्प आयो । भूकम्पको कम्पन सुरु भएपछि उनी उठे । बाहिर निस्कन खोजे तर उभिन सक्ने अवस्था थिएन । उनका प्रेस सल्लाहाकार राजेन्द्र दाहाललाई राष्ट्रपतिले सुनाएअनुसार भूकम्प आएपछि उनी घोप्टो परेर बसे । एकैछिनमा सुरक्षाकर्मी उनको कोठामा छिरे र चारैतिरबाट छोपे ।

प्रधानमन्त्री सुशील कोइराला भूकम्पका बेला आकाशमा थिए । एसियाली अफ्रिकी मुलुकको ६० औं सम्मेलन सकेर इन्डोनेसियाबाट बैंककका लागि उडिरहेका थिए । उनी जब बैंकको सुवर्णभूमि विमानस्थल ओर्लिए, आफ्नो देशमा ठूलो भूकम्प गएको थाहा पाए ।

एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटस्थित उनकै निवासको बैठक कक्षमा आगन्तुकहरुसँग भेटघाटमा थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी विष्णु पोखरेल भेटघाट गरेर निस्किएपछि ओलम्पिक कमिटि अध्यक्ष रुक्मशमशेर राणा भर्खरै बैठक कक्षमा छिरेका थिए । ओली भूकम्प आएका बेला हतारिएर हिँड्न हुँदैन भन्दै बैठक कक्षको ढोकामा बसेका थिए । पहिलो झड्का थामिएपछि ओली कम्पाउन्डामा निस्किएका थिए ।

Kp-oli-sushil-prachandaएमाओवादी अध्यक्ष प्रचण्ड नेकपा–माओवादीका अध्यक्ष वैद्यसँग थिए । प्रचण्ड माओवादी आन्दोलन पुनर्गठन गर्ने बैठकका लागि बिहान ११ः४५ तिर धापासीस्थित किरण निवास पुगेका थिए । प्रचण्ड, किरण, एमाओवादी महासचिव कृष्णबहादुर महरा र माओवादी महासचिव रामबहादुर थापा बादल बैठकमा सहभागी थिए । भूकम्प आएपछि प्रचण्डसहित सबै नेता बाहिर निस्किएका थिए ।

भूकम्प आउँदा कांग्रेस उपसभापति रामचन्द्र पौडेल बोलिरहेका थिए भने कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा सुनिरहेका थिए । एमाले

बरिष्ठ नेता झलनाथ खनाल इलामको गोर्खे गाविसमा पार्टीको कार्यक्रममा सहभागी थिए भने अर्का एमाले बरिष्ठ नेता माधवकुमार नेपाल रुपन्देहीस्थित सिद्धार्थनगर नगरमा पार्टी प्रतिनिधि परिषद् बैठकको उद्घाटनमा थिए । भूकम्प जाँदा गोरखामा रहेका भट्टराई एक कार्यक्रम सकेर हिँड्दै थिए । उनी भूकम्प आएपछि आफ्ना सहयोगीसँगै हलचल नगरी बसेका थिए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।