भक्तपुर, २५ वैशाख । वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट घर भत्किएर घरवारविहीन भएका भक्तपुरका तीन हजार जनालाई आश्रय दिन नेपाल रेडक्रस सोसाइटी भक्तपुरले अस्थायी आवास निर्माण गरेको छ ।
चिनियाँ रेडक्रसको सहयोगमा भूकम्पबाट बस्ने घरै नहुनेहरूका लागि भक्तपुर रेडक्रसले टेन्टको अस्थायी आवासका निर्माण गरेर पीडितलाई आश्रय दिएको हो ।
रेडक्रसले जगातेस्थित महेश्वरी खेल मैदान, व्यासीलगायत जिल्लाका विभिन्न खुल्ला चौरमा १५ जनासम्म बस्न मिल्ने १५० वटा र ५० जनासम्म बस्न मिल्ने १० वटा टेन्टको अस्थायी आवास निर्माण गरिदिएको सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।
अस्थायी आवासका रुपमा बनाएका यस प्रकारको टेन्ट बढीमा एक वर्षसम्म मात्रै बस्न मिल्ने थापाको भनाइ छ । रासस















प्रतिक्रिया