५ कार्तिक २०८३, बिहिबार

एउटाको नाममा अर्कैले एमआरपी लिएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passportइनरुवा, २५ वैशाख । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट किर्ते राहदानी लिएको रहस्य बाहिर आएको छ । जिल्लाको नरसिह गाविस–७ का अवास अन्सारीको नाममा अर्कै अवास अन्सारीले किर्ते राहदानी निकालेको खुलासा भएको हो ।

हालै विदेशबाट नेपाल फर्केको उहाँले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन जाँदा आफ्नो नाममा अर्कै व्यक्तिले राहदानी निकालिसकेको खुलासा भएको हो ।

एमआरपीका लागि सिफारिस लिएर परराष्ट्र मन्त्रालयमा गएपछि आफ्नो नाममा अर्कै अवास अन्सारीले एमआरपी निकालेको थाहा भएको पीडित अन्सारीले बताउनुभयो ।

आफ्ना नाममा अर्काले नै एमआरपी निकालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले किर्ते एमआरपीको विषयमा परेको उजुरीमा छानबिन भइरहेको बताउनुभयो । रासस