काठमाडौं, २५ वैशाख । वैशाख १२ को भूकम्पपछि उद्धारमा आएका विभिन्न अन्तर्राष्ट्रिय टोलीले जम्मा एक सय ३९ वटा तालिमप्राप्त कुकुर लिएर आएका थिए।
आधिकारिक सूचनाअनुसार प्रतिदिन प्रतिकुकुर खर्च डेढ लाख रुपैयाँ पर्ने गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
ती कुकुरका तालिमकर्ता तथा सञ्चालकमाथि झन्डै नौ गुणा बढी रकम खर्च हुन्छ।
ुयी सबै रकम हामीलाई विदेशीले प्रतिबद्धता जनाएको रकमबाट कट्टा हुन्छु, स्रोतले भन्यो।
भूकम्पका कारण ढलेका घरमा मानिस पुरिएको शंका हुँदा ती तालिमप्राप्त कुकुरले भुकी उत्खनन तथा उद्धारको आवश्यकता रहेको संकेत दिएका थिए।
तर, उद्धारकार्यको गति सुस्त भएपछि अहिले ती कुकुर प्रयोगमा छैनन्।















प्रतिक्रिया