काठमाडौं, २५ वैशाख । राष्ट्रपति रामवरण यादवले भिआइपीका लागि खटाइएका सबै सुरक्षा निकायका सुरक्षाकर्मी कटौती गरी भूकम्पपीडित उद्धार र ध्वस्त संरचना पुननिर्माणमा लगाउन सरकारलाई सुझाव दिएका छन् ।
उनले राष्ट्रपति निवासमा खटेका २ सय ६५ जना सुरक्षाकर्मीसमेत आवश्यक नरहेको भन्दै कटौती गर्न भनेका छन् ।
खासगरी बहालवाला तथा पूर्वप्रधानमन्त्री, गृहमन्त्री, प्रभावशाली मन्त्रीहरु, पूर्वप्रधानन्याधीश, नेपाली सेनाका बहालवाला तथा पूर्व उच्चपदस्थ अधिकारीले चाहिनेभन्दा बढी सेना सुरक्षाका नाममा राखेको, तिनीहरुमध्ये धेरैलाई घरेलु काममा संलग्न गराएको भन्दै राष्ट्रपतिले असन्तोष राखेका हुन् ।
त्यस्तै पार्टीका नेता, गृह, रक्षालगायतका पूर्वसचिव, संवैधानिक निकायका बहालवाला तथा पूर्व पदाधिकारीलगायतले अनावश्यक रुपमा सुरक्षाकर्मी राखेको विषय यसअघि नै विवादमा आइसकेको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया