२ कार्तिक २०८३, सोमबार

राहतका नाममा प्रमुख दलहरूबीच खिचातानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

men-photoकाठमाडौं, २५ वैशाख । भूकम्पपीडितलाई सरकारले के कति राहत रकम दिने भन्नेमा दलहरूबीचको खिचातानीले संसद्मा प्रस्तुत हुनुपर्ने संकल्प प्रस्ताव बन्नै सकेको छैन।
सत्तापक्ष र विपक्षी दलहरूका आआफ्ना अडानले एकीकृत संकल्प प्रस्ताव बनाउने दलहरूको प्रयास बिहीबार साँझसम्म सफल हुन सकेन।

संसद् अधिवेशनको पहिलो दिन बिहीबार नै राहत, पुनर्निर्माण र पुनस्र्थापनाबारे साझा संक ल्प प्रस्ताव पारित गर्ने प्रतिबद्धता दलहरूले पूरा गर्न सकेनन्।

विपक्षी दलहरूले भूकम्पबाट ज्यान गुमाएका प्रतिसदस्य तीन लाख, अपांग भएकालाई एक लाख, घर पूर्ण रूपमा क्षति भएकालाई १० लाख र आंशिक रूपमा घर क्षति भएकालाई पाँच लाख रुपैयाँ दिन प्रस्ताव गरेका छन्।

‘हाललाई उद्धार र राहतको काम गर्ने र दसैंपछाडि पुनर्निर्माण अघि बढाउन हाम्रातर्फबाट २२ बुँदे प्रस्ताव सत्तापक्षलाई दिएका छौ’, एमाओवादी प्रमुख सचेतक गिरिराजमणी पोखरेलले भने।

सत्तापक्ष कांग्रेस र एमालेले पनि १० बुँदे धारणा विपक्षीलाई दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।