२९ आश्विन २०८३, बिहिबार

काँग्रेसले थर्काएपछि भारतीय प्रधानमन्त्री मोदीको बोली बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modiकाठमाडौं, २४ वैशाख । भारतमा पछिल्लो समय आलोचनाको हिस्सेदार बन्दै गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विहीबार फेरि चर्काे आलोचना गरिएको छ । सत्तारुढ दल भारतीय जनता पार्टीबाट सरकारको नेतृत्व गरिरहेका मोदीलाई उनकै पार्टीका सांसदहरुले आलोचना गरेका हुन् ।

आफुहरुलाई सरकारले नटेरेको उनीमाथि आरोप लागेको छ । सरकारका मन्त्री आफ्नै मनोमानी ढंगले हिँडेको भन्दै संसदमा सत्तारुढ दलका साथै विपक्षी सांसदहरुले विरोध गरेका हुन् । यस्तै, संसदमै भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि मोदीलाई हपारेको छ ।

किसान विरोधी कानुन ल्याएर धनाढ्य वर्गलाई उन्मुक्ति दिन खोजेको भन्दै काँग्रेकी अध्यक्ष सोनिया गान्धिले संसदमा विरोध गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले सरकारबाट जनतालाई राहत हुने कुनै कार्यक्रम सञ्चालन नभएको भन्दै औचित्य नभएको बताईन् ।

यसरी कांग्रेसका अन्य पदाधिकारीले मोदीलाई थर्काएपछि उनी बोल्नै सकेनन् । चुपचाप बसेर सुनिरहेका थिए । कांग्रेसको विरोध थर्काउने अभिव्यक्ति पछि मोदीको बोली नै बन्द भएको भारतीय सञ्चारमाध्यमको टिप्पणी छ ।

आफ्नै देशमा चर्काे आलेचना खेपिरहेका मोदीमाथि नेपालमा पनि अलोचना भइरहेको छ । उद्दारका नाममा सेना पठाएर दादागिरी देखाउन खोजेको, हस्तक्षेप गर्न खोजेको देखिएपछि आम नागरिकले उनको अहिले पनि आलोचना गरिरहेका छन् । एजेन्सी