१४ कार्तिक २०८३, शनिबार

भूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार ८०२ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-hospital-2काठमाडौँ, २४ वैशाख । यही वैशाख १२ गते गएको भूकम्पमा परी अहिलेसम्म सात हजार ८०२ जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमध्ये विभिन्न मुलुकका ६७ जना, कर्मचारी ११, सशस्त्र प्रहरी बलका एक, नेपाली सेनाका नौ, नेपाल प्रहरीका पाँच र सर्वसाधारण सात हजार ७०९ रहेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले आज साँझ उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ४३२ पुगेको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा सबैभन्दा धेरै दुई हजार ९९१ पुगेको छ भने काठमाडौंमा एक हजार २१० पुगेको छ ।

भूकम्पका कारण १० हजार ७९० सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार ९९७ घर तथा भवन क्षति भएका छन् ।

सर्वसाधारणका दुई लाख ८८ हजार ७९८ घर पूर्ण क्षति भएका छन् भने आंशिकरुपमा दुई लाख ५४ हजार ११२ घरमा क्षति भएको मन्त्रालयले जनाएको छ । रासस