काठमाडौँ, २४ वैशाख । युवा सङ्घ नेपालले भूकम्पबाट क्षतिग्रस्त घरको ठाउँमा स्थानीय स्रोतसाधन प्रयोग गरेर टहरा निर्माण कार्यमा परिचालित हुन आफ्ना देशभरका कार्यकर्तालाई निर्देशन गरेको छ ।
सङ्घले सिन्धुपाल्चोकको भोटेचौरमा आज टहरा बनाउने अभियानको थालनी गर्दै प्रभावित (१३) जिल्लाका आफ्ना जिल्ला, नगर, गाविस र वडा कमिटीलाई सो अभियानमा सक्रिय हुन आग्रह गरेको छ ।
भोटेचौरमा आज नेकपा (एमाले) का केन्द्रीय सदस्य शेरबहादुर तामाङ, सङ्घका अध्यक्ष निरुदेवी पाल, महासचिव राजीव पहारीलगायतले सो अभियानको थालनी गर्नुभएको थियो ।
सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवाल नेतृत्वको टोली अन्य जिल्लामा पनि पुगी सो अभियान सञ्चालन गर्ने बताउनुभयो । रासस
















प्रतिक्रिया