३० आश्विन २०८३, शुक्रबार

स्विट्जरल्यान्डद्वारा नौ करोड बढीको सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

switzerland_mainकाठमाडौँ, २४ वैशाख । स्विट्जरल्यान्डले भूकम्पपीडितको सहयोगार्थ रु नौ करोड ७२ लाख उपलब्ध गराउने भएको छ ।

रामेछाप, ओखलढुङ्गा, खोटाङ र दोलखाका २० हजार भूइँचालो पीडितलाई अस्थायी बासको व्यवस्था तथा दोलखाका पाँच हजार पीडितलाई खाद्य सामग्री वितरणमा उक्त सहायता रकम खर्च गरिने यहाँस्थित स्विस राजदूतावासले जनाएको छ ।

विकासका लागि स्विस सहयोग नियोग (एसडिसी) ले भूकम्पपछिका सहायताका कार्यक्रम कार्यान्वयन गर्न रु ४९ करोड ७० लाख प्रदान गर्ने उक्त दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस