२९ आश्विन २०८३, बिहिबार

सुस्त मनस्थितिकी युवतीलाई आर्मी क्याम्पमा बोलाएर कर्नेलले बलात्कार गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap
काठमाडौं, २४ वैशाख । सुरक्षाकर्मी भनेको देशको, दशेका नागरिकको रक्षा गर्ने पहरेदार हो । संकटमा परेका नागरिकलाई बचाउने र अपराधिलाई कानुनको ढोकामा पुर्‍याउने सच्चा पहरेदार पनि सुरक्षाकर्मी हो ।

तर यहाँ इण्डियन आर्मीका एक उच्च अधिकारीले युवतीलाई आफ्नो क्याम्पमा बोलाएर जबरजस्ती शारीरिक सम्पर्क राखेको खुलासा भएको छ । ५४ वर्षीय सेनाका अधिकारी कर्नलले २४ वर्षीय मानसिक रोगी युवतीलाई बलात्कार गरेको घटना प्रहरीमा उजुरी परेपछि बाहिर आएको हो ।

सेनाका यि अफिसरले क्याम्प बाहिर घुम्दै गरेकी युवतीलाई फकाएर भित्र बोलाएर आफ्नो यौन प्यासको सिकार बनाएको खुलासा भएको हो । घटना महाराष्ट्रको नासिक भन्ने ठाउँको हो ।

टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार, पीडित युवतीकी बहिनीको उजुरीका आधारमा महाराष्ट्र प्रहरीले आरोपी सेनाका कर्नेललाई गिरफ्तार गरेको छ । पीड़ितकी बहिनीले दिएको उजुरीमा आफ्नी दिदीलाई फकाएर क्याम्पमा लगी बलात्कार गरेको उल्लेख गरिएको छ ।

Indian-Army-logoपीडित युवतीको स्वास्थ्य परीक्षणमा पनि बलात्कार गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण गरिएको नासिक सिव‌िल हस्पिटलका डाक्टरका अनुसार पीड़ित युवतीको बलात्कार भएको पुष्टि भएको हो ।

तर, स्वास्थ्य परीक्षणको अन्तिम रिपोर्ट आउन बाँकी छ । घरबाट गायव भएकी पीडित युवती केही घण्टापछि आर्मीको क्याम्पमा बेहोस अवस्थामा फेला परेकी थिईन् । उनलाई आर्मीका जवानले घर पुगाएको थियो ।

महाराष्ट्र प्रहरीका अनुसार घटनामाथि थप अनुसन्धान भइरहेको छ । स्वास्थ्य परीक्षणको अन्तिम रिपोर्ट आउन बाँकी रहेकाले कर्नेललाई हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान मेडिकल रिपोर्टपछि हुने जनाइएको छ ।

यो घटनामा कर्नेल दोषी ठहर भएमा कम्पतीमा पनि १० वर्षको जेल सजाय हुने बताइएको छ । घटनामाथि थप अनुसन्धान भइरहेकाले कर्नेलको नाम खुलाइएको छैन् । एजेन्सी