५ कार्तिक २०८३, बिहिबार

चट्याङ पर्दा एकको मृत्यु, तीन घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ वैशाख । ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कटुन्जे–५ बस्ने २६ वर्षीया भगवती बुढाथोकीको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । बुधबार साँझको समयमा उहाँ छिमेकीका घरमा बस्नुभएको थियो ।

सोही समयमा अर्को चट्याङ कटुन्जे–१ का चन्द्र कार्कीको घरमा पर्दा उहाँकी ४५ वर्षीया आमा मिठू, २४ वर्षीया बुहारी कल्पना र १३ वर्षीया भतिजी विन्दा खत्री घाइते भएका छन् । चट्याङ लागेर बेहोस भएका तीनै जनाको ओखलढुङ्गास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । रासस