
काठमाडौं, २४ वैशाख । गत वैशाख १२ गतेको भूकम्पले प्रभावित जिल्ला नुवाकोटमा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिले राहत वितरण गरेको छ ।
नुवाकोट जिल्लाको अति विकट गाउँ लिखु गाविसमा सिटी एक्सप्रेसले मंगलबार ६ लाख रुपैँया बराबरको राहत सामग्री वितरण गरेको हो । देशमा आएको महाविपत्तिको समयमा थोरै भएपनि नेपालीलाई सहयोग गर्ने अभिप्रायले राहत सहयोग गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताउनुभयो ।
‘नेपाल र सम्पूर्ण नेपालीहरू माथि आइपरेको महाविपत्तीमा परी पीडित हुनुभएकाहरूलाई सहयोग गर्नु सहयोगी संघ–संस्था र हामी सबैको प्रमुख दायित्व हो । त्यही दायित्व अन्तर्गत हामीले सहयोग गर्ने जमर्काे गरेका हौं ।’ उहाँले भन्नुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र स्थानीय प्रतिनिधिको रोहवरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरले भूकम्पबाट पीडित ५ सय परिवारलाई चामल, चना, नुन, तेल, चाउचाउ, बिस्कुट, सन्चो र अन्य दैनिक उपभोग्य राहत सामग्री वितरण गरेको प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिनुभयो ।
साथै बिदेशबाट पठएको रकम सिटी एक्सपे्रस मार्फत पाउने रेमिटान्समा पनि बैशाख १२ गतेदेखि कुनै पनि सेवा शुल्क नलिइएको उहाँले बताउनुभयो । सिटी एक्सप्रेसले महाभूकम्पमा परी असामयिक निधन हुनुभएका नेपाली तथा विदेशी नागरिकहरूप्रति समवेदना समेत प्रकट गरेको छ ।





















प्रतिक्रिया