
भैरहवा, २४ वैशाख । धादिङ जिल्लाका भूकम्प प्रभावितहरुका लागी नेपाल नेत्र ज्योती संघ रुपन्देहीले ७१ लाख रुपैँया बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ ।
नेपाल नेत्रज्योती संघ रुपन्देही, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान, श्री रण अम्बिका शाह आँखा अस्पताल र सेवा फाउण्डेसनको सहयोगमा भूकम्प प्रभावितहरुका लागी करिब ७१ लाख रुपैँया बराबरको बिभिन्न राहत सामाग्रीहरु धादि¨का प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेलाई हस्तान्तरण गरिएको हो ।
नेत्रज्योती संघ रुपन्देहीका सभापति तथा श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताब राणाले उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

संघले ७१ लाख मुल्य बराबरको करिब ५ हजार थान त्रिपाल र ५० मिटर लम्बाई रहेको २४० बण्डल म्याट्रेस, डोरी, चाउचाउ, औषधी, लगायतका सामग्रीहरु हस्तान्तरण गरेको अस्पताल ब्यवस्थापन समितिका सदस्य राजेन्द्र पन्थीले बताए ।
संघले जिल्लाको कुल्पुर गाबिसका दुई सय प्रभाबित घरहरुलाई राहत सामग्री अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष राणा, चिफ मेडिकल डाईरेक्टर डा सल्मा केसी, बाल नेत्र बिशेषज्ञ डा. अर्जुन मल्ल भारी लगायतको टोलीले बितरण गरेको थियो ।
धादिङ जिल्लामा आईतबार सम्ममा ६ हजार त्रिपाल बितरण गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । आईतबार मात्रै नेत्र ज्योती संघले मात्र ५ हजार थान त्रिपाल, डोरी, मेट्रेक्स लगायतका सामग्रीहरु हस्तान्तरण गरेकोमा प्रमुख जिल्ला अधिकारी घिमिरेले संघप्रति आभार प्रकट गरे । ‘जिल्लामा ठुलो मात्रामा त्रिपाल लगायतका सामग्रीहरुको अभाव थियो यसले जिल्लामा रहेको अभावलाई ठुलो सहयोग गर्नेछ’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।
कुल्पुर गाबिसमा राहत बितरणका क्रममा संघले सुत्केरी घर परिवारका सदस्यहरुलाई पोषिलो खाना खुवानका लागिप्रति सुत्केरी १ हजार नगदसँगै राहत सामाग्री त्रिपाल, मेट, चाउचाउ लगायतका सामाग्रीहरु संघका अध्यक्ष राणाले प्रदान गरेका थिए । संघले लगेको औषधिहरु जिल्ला अस्पताललाई हस्तान्तरण गरेको थियो ।

















प्रतिक्रिया