२९ आश्विन २०८३, बिहिबार

कारखानामा पटाका विस्फोट, ११ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pataka-bisfot-indiaनयाँ दिल्ली, २४ वैशाख । पूर्वी भारतीय राज्य पश्चिम बङ्गलामा बिहीबार एक पटाका कारखानामा भएको विस्फोटनमा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ ।

पश्चिम मिद्नापोरे जिल्लाको पिङ्गला क्षेत्रमा अवस्थित सो पटाका कारखाना विस्फोटमा परी महिला र बालबालिकासहित ११ को मृत्यु भएको बताइएको छ ।

सो घटानमा परी अन्य सात जना घाइते भएका र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने पनि प्रहरी निरीक्षक भारती घोषले बताएका छन् ।

विस्फोटनको विषयमा विस्तृत विवरण प्राप्त भइनसकेको, तर कारण अनुसान्धानरत रहेको बताइएको छ । रासस/सिन्ह्वा