– सुशिल नेपाल
पाल्पा, २४ वैशाख । नेपालमा गएको महाभूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकहरुको चिरशान्तिको कामना तथा सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै एम्नेस्टी इन्टरनेशनल नेपाल पाल्पा युथ नेटवर्कले तानसेनमा दिप प्रज्वलन गरेको छ ।
तानसेनको सित्तलपार्टीमा गरिएको दिप प्रज्वलनमा मानवअधिकार तथा शान्ति समाज पाल्पाका संस्थापक अध्यक्ष पुष्करराज रेग्मी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्राध्यापक दिपक पछाई, एम्नेष्टि इन्टरनेशनल नेपाल पाल्पा युथका संयोजक पुण्यप्रसाद सुवेदी, पूर्व संयोजक ज्योति पाण्डेले संयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए ।
दिप प्रज्वलन संगसंगै एम्नेष्टी इन्टरनेशनल नेपाल पाल्पा युथ नेटर्वककै आयोजनामा मेरो शरीर मेरो अधिकार विषयक हस्ताक्षर अभियान समेत गरिएको छ । अन्र्तर्राष्ट्रिय रुपमा चलेको यो अभियानलाई पाल्पामा पनि चलाइएको युथका जिल्ला संयोजक पुण्यप्रसाद सुवेदीले बताए ।















प्रतिक्रिया