काठमाडौं, २४ वैशाख । भूकम्पपछिका १२ दिनमा दातृ निकायले झन्डै ५ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भने २६ करोड १० लाख मात्रै जम्मा भएको छ ।
रकम दाखिला गर्ने मुलुक पनि नियमित र ठूला दाता होइनन् ।
छिमेकी भुटानको १० करोड, ताइवानको ५ करोड, कोलम्बो कोषको १० लाख हङकङसिथत लिका सिंह फाउन्डेसनको १० करोड र साउदी राजकुमार तलालको १ करोड रुपैयाँ मात्रै अहिलेसम्म जम्मा भएको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया