२ कार्तिक २०८३, सोमबार

क्षतिग्रस्त घर बनाउन दुई प्रतिशत व्याजमै ऋण पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । भूकम्पबाट घर ध्वस्त–क्षतिग्रस्त भएकालाई नयाँ निर्माण गर्न २ प्रतिशत ब्याजमै बैंक–वित्तीय संस्थाबाट ऋण दिइने भएको छ ।

राष्ट्र बैंकको बुधबारको निर्णयअनुसार काठमाडौंभित्र २५ लाख रुपैयाँ र बाहिर १५ लाख रुपैयाँसम्म प्रति ध्वस्त–क्षतिग्रस्त घरलाई यस्तो ऋण दिइने भएको हो ।

‘भूकम्पका कारण घर ध्वस्त–क्षतिग्रस्त हुनेले २ प्रतिशत ब्याजमै ऋण पाउने भएका छन्,’ राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट यस्तो ऋण लिन सकिने कान्तिपुर दैनिकले छापेको छ ।

यो रकमबाट जग्गा भए काठमाडौंभित्र पक्की एकतले घर ठड्याउन पुग्छ । ऋणको प्रक्रिया केहि दिनभित्रै टुंगो लगाइने भएको छ ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई शून्य प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराउने भएपछि भूकम्पपीडितलाई यस्तो सहुलियत मिल्ने भएको हो ।

पहिलोपटक शून्य ब्याजदरमै पुनरकर्जा उपलब्ध गराउन लागेका हौं,’ श्रेष्ठले भने ।