५ कार्तिक २०८३, बिहिबार

भूकम्पले चर्किएको घरमा सुत्दा पुरुषको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-senaचरिकोट(दोलखा), २३ वैशाख । दोलखा जिल्लामा चर्किएको घरमा सुतेका एक पुरुषको पुरिएर बुधबार मृत्यु भएको छ ।

बुधबार बिहान आएको भूकम्पबाट चर्किएको घरभित्र सुतेका बिगु गाविस–२ का ५६ वर्षीय बिर्खबहादुर नेपालीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । क्षतिग्रस्त घर बुधबार बिहान चार वजेतिर आएको सानो भूकम्पको धक्काले भत्किन पुगेको थियो ।

यसैगरी बाबरे गाविस–४ का ५४ वर्षीय ज्ञानबहादुर बुढाथोकीको शव उनकै घरमा पुरिएको अवस्थामा भेट्टिएको प्रहरीले जनाएको छ । योसंगै दोलखामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने घाइतेको सङ्ख्या ३०२ रहेको छ । रासस