१४ कार्तिक २०८३, शनिबार

रौतहटमा ज्वालामुखी निस्केकै हो त ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jwalamukhi-rautahut

काठमाडौँ, २३ बैशाख। रौतहटको गौरमा ज्वालामुखी निस्केको खबरले बुधबार दिनभर तनाव सिर्जना भएको छ ।

सरकारको आधिकारिक न्यूज एजेन्सी राष्ट्रिय समाचार समितिले रौतहटमा ज्वालामुखी निस्केको खबर आफ्नो बुलेटिनमा राखेपछि विभिन्न अनलाइन तथा रेडियोहरुले समेत प्रकाशन र प्रशारण गरेका थिए ।

रौतहट नगरपालिका वडा नम्बर ९ का अच्छेलाल कुशवाहको घर नजिकै जमिन फाटेर ज्वालामुखी आएको खबर सार्वजनिक भएको थियो । तर, उक्त खबर गलत रहेको पुष्टि भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता, डीआइजी कमलसिंह बलले ज्वालामुखी निस्केको नभइ कुशवाहाले गलत खबर गरेका कारण भ्रम फैलिएको बताए । मुसा मार्नका लागि बनाइएको प्वालबाट आगो निस्केको हुनसक्ने उनको भनाइ छ ।

jwalamukhi-rautahut1

तर, कुशवाहले भने आफ्नो जमिनमा आगो, पानी र बालुवासहितको लेदो निस्केको खबर संचारमाध्यमलाई गराएका थिए । आज बिहान करिब ११ बजेर २० मिनेटको समयमा धर्तीबाट आगोको मुस्लो निस्केको देखिएपछि एक बाल्टिन पानी हालेर निभाएको कुशवाहले बताएका थिए । कुशवाहले छरछिमेकलाई खबर गरेपछि ज्वालामुखी निस्केको भन्दै हेर्नेको भीड लागेको थियो ।

jwalamukhi-rautahut2

रौतहटका प्रहरी प्रमुख सानुबाबु थपलियाले पनि ज्वालामुखी निस्केको नभइ गौरको एक घरभित्र मुसाले बनाएको सानो प्वाल जस्तोबाट थोरै हिलो माटो निस्केको बताएका छन् ।