५ कार्तिक २०८३, बिहिबार

राहत लिएर आइपुगे चिनियाँ विमान, तीन हेलिकप्टरबाट आजै राहत वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopter-Chinese-Z-17काठमाडौँ, २३ वैशाख । भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन आएका तीन चिनियाँ एमआई-१७ हेलिकोप्टर राहत सामग्री लिई आज काठमाडौँबाट सिन्धुपाल्चोक, रसुवा र गोरखाका लागि प्रस्थान गरेका छन् ।

त्रिभुवन विमानस्थल समन्वय केन्द्रका अनुसार आज बिहान ती हेलिकप्टर काठमाडौँ आइपुगेका हुन् ।

यसैबीच विनाशकारी भूकम्पमा परी लाङ्टाङबाट बेपत्ता भएका छ नेपाली तथा एक विदेशीको शव भारतीय हेलिकप्टरले विमानस्थल ल्याइपुर्‍याएको सो केन्द्रले जनाएको छ । रासस