– शिबलाल सुबेदी
गुल्मी, २३ वैशाख । गुल्मीको रुपाकोट ३ सोतामा भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । खोलाबाट ढुङ्गा लिएर आउदै गरेको लु ३ त ११५१ नम्बरको ट्याक्टर बुधबार दिउसो दुर्घटनामा परेको थियो ।
दुर्घटना ट्याक्टर चालक मुसिकोट ६ का प्रकाश कुमालको घटनास्थलमै मृत्यु भएको मजुवा प्रहरी चौकीका इन्चार्ज असई नरेन्द्र बिकले जानकारी दिनुभएको छ ।
बढीघाट खोलाबाट ढुङगा लिएर रुपकोट जादै गरेको उक्त ट्याक्टर उक्कालोमा चढ्दा अगाडिको भाग माथी उठेपछि दुर्घटनामा परेको थियो । दुर्घटनामा रुपाकोट गाविस ३ का खिमानन्द भण्डारी घाईते हुनुभएको छ ।
घाईते भण्डारीको रुद्रावती हस्पिटल प्रालिमा उपचार भैरहेको स्थानीय सिन्दु अर्यालले जानकारी दिनुभएको छ । ट्याक्टर सड्कबाट ५ मिटर तल खसेको छ । यता घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयले भने सुचना दिन आनाकानी गरेको छ ।















प्रतिक्रिया