३० आश्विन २०८३, शुक्रबार

गोरखा र सिन्धुपाल्चोकका भूकम्पीडितलाई केआई नेपालले राहत बाँड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rahat-ki-nepal-1

काठमाडौं, २३ वैशाख । विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रका भूकम्प पीडितलाई के आई नेपालले राहत सामग्री सहयोग गरेको छ ।

मानव बेचविखन विरुद्ध कार्यरत केआई नेपालले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक र गोरखाका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको हो ।

गोरखाका अति प्रभावित तथा दुर्गम गाविस हर्मी, मुच्चोक, घ्याच्चोक, सिम्जुङ्ग, खरिबोट, हसंपुर, पालुङ्गटार, छोप्राक र चोरकाटेका भूकम्प पीडितलाई ४ हजार थान त्रिपाल र ४ हजार थान ब्लाङ्केट राहत वितरण गरेको केआई नेपालका राष्ट्रिय निर्देशक रमेश सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै, भूकम्पबाट प्रभावित जिल्ला सिन्धुपाल्चोकको कर्थली गाविसका भूकम्प पीडितलाई पनि केआई नेपालले मंगलबार राहत सहयोग गरेको छ । जसअनुसार सिन्धुपाल्चोकमा संस्थाले एकहजार थान त्रिपाल वितरण गरेको छ ।

त्रिपाल तत्कालको राहत भएको र भूकम्प पीडितको पूनस्र्थापनाका लागि केआई नेपालले तयारी गरिरहेको उहाँले बताउनुभयो । राहत वितरणमा खटिनुभएका केआई नेपालका कार्यक्रम संयोजक राधिका गिरीले भूकम्प प्रभावित अन्य जिल्लामा पनि राहत वितरण कार्य जारी रहेको बताउनुभयो ।

Rahat-ki-nepal-2Rahat-ki-nepal Rahat-ki-nepal-3 Rahat-ki-nepal-4