५ कार्तिक २०८३, बिहिबार

जङ्गली हात्तीले आक्रमण गर्दा महिना नै किन खोज्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatti-aatankaदमक, २३ वैशाख । जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापाको दमकमा एक महिलाको मृत्यु भएको छ ।

दमक–५ दुम्सेकी ४५ वर्षकी धनमाया कार्कीलाई आज बिहान हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । घाँस काट्न नजिकैको जङ्गलमा गएकी उनलाई एउटा जङ्गली हात्तीले कुल्चेर मारेको थियो । हात्तीले ती महिलाको ज्यान लिएपछि हात्ती जङ्गलतिर गएको थियो ।

विज्ञका अनुसार जनावरमध्ये हात्तीले महिलालाई बढी निशानामा राख्ने गर्छ । यो हात्तीको प्राकृतिक स्वभाव हो । कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सो क्षेत्र इलामको चुरे जङ्गलक्षेत्रमा पर्ने भएकाले त्यहाँ दैनिकजसो हात्तीले उपद्रो मच्चाउँदै आएको स्थानीय बासिन्दा बताउँछन् । रासस