२ कार्तिक २०८३, सोमबार

भूकम्पमा हराएको छोरो छोरो ज्युँदै भेटिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २३ वैशाख । अनुहारभरि पसिनै पसिना र काखमा नानी च्यापेकी ४० वर्षीया पदमकुमारी अधिकारी हर्षित देखिन्थिन् । उनी आफ्ना कुरा सुनाउन आतुर थिइन् । उनीसँग सुनाउनुपर्ने खास कुरो पनि थियो । एघार दिनअघि गएको भूकम्पमा १४ वर्षीय छोरो महादेव हरायो भनेर माया मारेकी उनले छोरो जिवितै रहेको सूचना पाएकी थिइन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

‘छोरो पल्लो गाउँमा जिवितै रहेछ, अघि बिहान मात्रै थाहा पाएको’, उसको बुबालाई लिन पठाएकी छु ।’ चार छोरा–छोरीमध्ये कान्छी काखमा थिइन् । ५ वर्षकी उनी पनि भुइचाँलो गएको दिन ८ घन्टा घरभित्र पुरिएकी थिइन् । खेती किसानी गर्ने उनका छोरा पदम खलासी काम गर्थे । उनी वैशाख १२ गते मात्रै लिदी भन्ने गाउँमा पुगेका थिए । खाना खानै लाग्दा भूकम्प आयो । त्यससँगै उनी सम्पर्कविहीन भए  । ‘केही दिन खोज्दा पनि नभेटिएपछि माया नै मारेका थियौं,’ उनले भनिन्,‘भेटियो भनेपछि खुसीको सीमा छैन ।’