२ कार्तिक २०८३, सोमबार

मकैबारी मासेर टहरा बनाउँदै…………

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha-rahat (1)काठमाडौं, २३ वैशाख । सन्तबहादुर तामाङ मंगलबार टन्टलापुर घाममा मकैबारी मासेर टहरा बनाउँदै थिए ।

परिवारका अन्य सदस्य भत्केको घरले पुरेका पुराना जस्ता बटुल्दै थिए ।

‘भूकम्प गएलगत्तै सहयोग पाइएन । संस्थाले दिएको त्रिपालले अन्नसम्म छोप्न काम लाग्ला । मान्छे र पशुवस्तुले ओत लाग्नै पर्‍यो । अर्काको आसमा मात्रै कति बस्नु रु’, उनले भने, ‘त्यही भनेर हामी आफ्नो टहरा आफैं बनाउन जुट्यौं ।’

छत्रेदेउराली तामाङ वस्तीमा हर्कमानका ११ भाइ नाति र आफन्तसहित ३० परिवारको थातथलो महाभूकम्पले उजाड बनाइदिएको कान्तिपुर दैनिकले छापेको छ । वृद्द र बालबालिकासहित ५ जना गुमाएको बस्ती शोकमा त छ नै, पुननिर्माणमा आफैं अग्रसरसमेत छ ।

कसैकसैले सामूहिक टहरा बनाउँदै छन् भने कोही व्यक्तिगत । काजकिरिया बसेका छिमेकी बन्धुबान्धवलाई घरिघरि सान्त्वना दिँदै काममा लाग्छन् ।