२ कार्तिक २०८३, सोमबार

चार लाख त्रिपाल कसलाई वितरण भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IGC-Supportकाठमाडौं, २३ वैशाख । पश्चिम बंगालले पठाएको बाहेक नै भूकम्प आउनुअघि र पछि मुलुकभित्र ४ लाख त्रिपाल रहेपनि हजारौं पीडित परिवारले भने पाउन सकेका छैनन् ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षमा भुकम्प आउने अघिल्लो दिनसम्म १ लाख ५५ हजार त्रिपाल आयात भएको कान्तिपुर दैनिकले छापेको छ ।

विभागले राहतमा आएको त्रिपाललाई एकीकृत गरिसकेको छैन् ।

तर विभागले उपलब्ध गराएको विवरणलाई एकीकृत गर्दा राहत शीर्षकमा सोमबार साँझसम्म २ लाख ४४ हजार त्रिपाल भित्रिएको देखिन्छ ।