२ कार्तिक २०८३, सोमबार

भारतीय हेलिकप्टरको गुनासो प्रधानमन्त्रीसँग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-helicopter-nepalगोरखा, २३ वैशाख । भूकम्‍पको प्रभावबारे जानकारी लिन ११ दिनपछि गोरखा आइपुगेका प्रधानमन्त्री सुशील कोइरालासँग प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भारतीय हेलिकोप्टरले गर्दा घाइतेको उद्धार तथा राहत सामग्री ढुवानी गर्न समस्या परेको गुनासो गरेका छन्।

वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा आइपुगेका प्रधानमन्त्रीसँग जिविसको सभाकक्षमा प्रजिअ अधिकारीले विपत्का बेला उद्धार गर्न आएको भारतीय हेलिकोप्टरले मनोमानी उडान गर्दा काम अव्यवस्थित भएको बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘प्रधानमन्त्रीलाई म के अनुरोध गर्न चाहन्छु भने भारतीय हेलिकोप्टरले हामीसँग कत्ति पनि समन्वय गरेन’, तिमल्सेनाले भने, ‘यसले गर्दा हामीलाई काम गर्न समस्या भयो।’

साँझ सर्वपक्षीय बैठक गरेर भोलिपल्टका लागि घाइते र राहत सामग्री ओसार्न बनाएको तालिकाविपरीत भारतीय हेलिकोप्टरले उडान गर्दा काम अस्तव्यस्त भएको उनले प्रधानमन्त्रीसँग गुनासो गरे।