काठमाडौं, २३ वैशाख । नेपालमा भूकम्प राहत उद्दारका लागि खटिएका हेलिकप्टर अहिलेसम्म केही भएका छैनन् । सोमबार मात्रै नेपाली सेनाको एमआइ १७ हेलिकोप्टर दुर्घटना भएको खबर बाहिर आएको थियो ।
राहतका लागि प्रभावित क्षेत्रतर्फ जाँदै गरेको होलिकोप्टर उडानका क्रममा इन्जिमा प्लाष्टिक पसेर विग्रिएको थियो । नेपालमा होलिकप्टर विग्रिएको भएपनि कुनै आक्रमण भएको छैन् ।
तर साउदीको एक कार्गो जेट विमानमा एक्कासी आगो लागेको छ । यमनको एयरपोर्टमा राहत वितरणका प्रभावित क्षेत्रमा जान तयारी अवस्थामा राखिएको विमानमा आक्रमणपछि आगो लागेको बताइएको छ ।
यमनको राजधानी सानामा रहेको विमानमा एक्कासी आक्रमण हुँदा जलेर खरानी भएको हो । तस्वीरमा विमान आक्रमणपछि विस्फोट भएको देखिन्छ । यो कार्गो जेट विमान हो । यमनको सुदूरपूर्वी क्षेत्रमा राहत सामग्री पुर्याउन तयार रहेको अवस्थामा एक्कसी विस्फोट भयो यमनी सञ्चारमाध्यमले जनाएका छन् ।
यमनमा जारी सरकार र हुथी विद्रोहीबीचको संघर्षमा साउदी सरकारले हुथी विद्रोही विरुद्ध लगातार सैन्य कारवाही गरिरहेको छ । यमनका संकटमा परेका जनतालाई राहत बाड्न यो विमानलाई साउदी सरकारले त्यहाँ पठाएको थियो ।
विमानमा आक्रमण भएपनि कुनै मानवीय क्षति नभएको बताइएको छ । यसअघि हुथी विद्रोहीको कारवाहीले अप्ठेरोमा परेपछि यमनका राष्ट्रपति भागेर साउदी अरबको शरणमा गएका थिए । एजेन्सी















प्रतिक्रिया