५ कार्तिक २०८३, बिहिबार

एमालेले बनायो गोकर्ण विष्टको संयोजकत्वमा स्वयमसेवक कमिटी, दाङले पठायो १० लाखको चामल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-dang-earthquake-support

काठमाडौँ, २२ बैशाख । नेकपा एमालेले भूकम्प पीडितको सहयोगार्थ स्वयमसेवक परिचालन गर्न केन्द्रीय स्वयमसेवक परिचालन कमिटी बनाएको छ ।

कमिटीको संयोजकमा नेकपा एमालेका सचिव एवं मोर्चा संगठन प्रमुख गोकर्णराज विष्ट हुनुहुन्छ । यसैगरी, सहसंयोजक नेतृ थममाया थापा हुनुहुन्छ ।

यसैगरी, सदस्यहरु पूर्वमन्त्री कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरु शेरधन राई, रवीन्द्र अधिकारी, निरु पाल, युवा संघका महासचिव राजीव पहारी, अनेरास्ववियुका उपाध्यक्ष ऐन महर र महासचिव नवीना लामा छन् ।

एमाले दाङले पठायो १० लाख रुपैंयाको चामल

यसैबीच, नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं. ४ ले विनाशकारी महाभूकम्पबाट प्रभावित क्षेत्रका लागि करिव १० लाख रुपैँया बरावरको खाद्यान्न सामग्री बुधबार पीडितलाई हस्तान्तरण गरेको छ ।

स्थायी कमिटी सदस्य तथा जिल्लाका सो क्षेत्रकै स्थानीय समेत रहनुभएका पार्टी नेता शंकर पोखरेलले बुधबार बल्खुमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

तत्काललाई काठमाडौं निर्वाचन क्षेत्र नं. १० अन्तर्गतका विकट पहाडी क्षेत्रका पीडितहरुलाई वितरण गर्नका लागि एमाले उपत्यका इन्चार्ज समेत रहनुभएका स्थानीय नेताहरु सानुकुमार श्रेष्ठ र सुरेन्द्र मानन्धरमार्फत सामग्री वितरण गरिएको थियो ।

नेता पोखरेलको पहलमा दाङ जिल्लाभर अहिले एमाले पंक्ति खाद्यान्न र राहत सामग्री संकलनमा जुटेको छ । अन्य क्षेत्रले पनि संकलन गरेको सामग्री चाँडै उपलब्ध गराउने सो सामग्री ल्याएर काठमाडौं आइपुगेका स्थानीय नेता मनोहर बुढाथोकीले बताउनुभयो ।

ट्रकमा सामग्री लिएर एमालेका स्थानीय नेताहरु राजधानी आएका छन् । अन्य राहत सामग्री विभिन्न स्थानीय कमिटीहरुले संकलन गरिरहेको र चाडैं राजधानी ल्याइने स्थानीय नेता बुढाथोकीले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा एमाले पोलिट्व्यूरो सदस्य गोकुल घर्ती, केन्द्रीय सदस्य सुजिता शाक्य लगायतको सहभागिता थियो ।