१४ कार्तिक २०८३, शनिबार

दधिकोटका भूकम्पपीडितलाई प्रचण्डले सय बोरा चामल बाँडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-sita

काठमाडौँ, २२ वैशाख । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज भक्तपुरको दधिकोटका भूकम्पपीडितलाई राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले आज स्थानीयवासीलाई सय बोरा चामल, सय थान त्रिपाल र एक हजार ५०० लिटर पिउने पानी वितरण गर्नुभयो ।

उहाँले भूकम्पका कारण घरबासविहीन भई अस्थायी शिविर बनाइबसेका स्थानीयवासीसँग भेटी विपत्तिको समयमा नआत्तिन र धैर्य गर्न आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालका स्वकीय सचिवसमेत रहनुभएका एमाओवादीका केन्द्रीय सदस्य चूडामणि खड्काका अनुसार दधिकोटमा अध्यक्ष दाहालले तीन सयभन्दा बढी भूकम्पपीडितलाई भेट गरी समस्या समाधानका लागि हदैसम्मको प्रयत्न गरिने विश्वास दिलाउनुभएको थियो ।

prakash-dahal

उहाँले भूकम्पपीडितलाई भत्किएको घर बनाउन एकमुष्ठ आर्थिक तथा भौतिक सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिनुभएको थियो । यही वैशाख २४ गते बस्ने व्यवस्थापिका–संसद्को बैठकमा भूकम्पपीडितका लागि विशेष सङ्कल्प प्रस्ताव पारित गरी एकीकृत रुपमा काम अगाडि बढाइने समेत जानकारी उहाँले गराउनुभएको थियो ।

अध्यक्ष दाहालले सिन्धुपाल्चोक, ललितपुरको हरिसिद्धि र काठमााडैँको कीर्तिपुरमा यसअघि राहत वितरण गरिसक्नुभएको छ । नेता दाहालको टोली बुधबार राहत सामग्री वितरणका लागि नुवाकोट जाने कार्यक्रम छ । रासस

prachanda-rahat