१४ कार्तिक २०८३, शनिबार

अमेरिकी राजदूतले एमाले अध्यक्ष ओलीलाई किन भेटे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-bodi

काठमाडौँ, २२ वैशाख । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका छन् । भेटवार्तामा राजदूत बोडीले नेपालको विपत्तिमा आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताउनुभयो ।

भूकम्पपीडितको खोज, उद्धार, राहत र पुनःस्थापनासम्बन्धी कार्य र पछिल्लो स्थितिका सम्बन्धमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग यहाँस्थित अमेरिकी राजदूत पिटर डब्लु बोडीले ओली निवास बालकोट (भक्तपुर) मा भेटवार्ता गर्दै खोज, उद्धार, राहत प्रभावकारी बनोस् भन्ने कामना गर्नुभयो ।

नेता ओलीका सहयोगी राजेश वज्राचार्यका अनुसार उहाँले सरकार र दलहरूले विपत् व्यवस्थापनका लागि चालेका कदमबारे जानकारी गराउनुभएको थियो । रासस