बर्दिया, २२ वैशाख । बर्दियामा पाटे बाघको छाला र हड्डी सहित एक जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा छाला र हड्डी सहित बर्दिया मगरागाढीका ६० वर्षिय रामजस बन्जारालाई आफ्नै घरबाट क्षेत्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको हो ।
पक्राउ परेका बन्जारालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा र बरामद गरिएको छाला र हड्डी जिल्ला वन कार्यालय बाँकेमा बुझाइने डिएसपी अशोक सिंहले बताए । प्रारम्भिक अनुसन्धानमा उनले सिकारीसँग मिलेर सिकार गरेको खुलेको छ ।















प्रतिक्रिया