– यज्ञप्रसाद सापकोटा
बर्दिया,२२ बैशाख । बर्दियामा पाँच बर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बालिका बलात्कार गरेको अभियोगमा बर्दिया जमुनी ६ ठूलो डाँफेका २३ बर्षीय मेघबहादुर थापा क्षेत्री पक्राउ परेका हुन् ।
गएको १५ गते साँझ साढे ६ बजे घरमा कोही नभएको मौका पारी बालिकालाई बोलाई करणी गरेको बताइएको छ ।
पक्राउ परेका थापालाई जवरजस्तीकरणी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको बर्दियाका प्रहरी नायब उपरीक्षक दिपक कुमार बस्नेतले बताए । पछिल्लो समयमा बर्दियामा बालिका बलत्कारका घटनाका मुद्दा दर्ता हुने क्रम बढ्दै गईरहेका छन् ।















प्रतिक्रिया