५ कार्तिक २०८३, बिहिबार

भूकम्पबाट हिमताल फुट्ने कुनै सम्भावना छैन : विभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

everest-base-camp-avalancheकाठमाडौं, २२ वैशाख । जल तथा मौसम विज्ञान विभागले भूकम्पबाट खुम्बु क्षेत्रस्थित इम्जा हिमतालमा कुनै क्षति नभएको जनाएको छ ।

स्थानीयबासिन्दाबाट पनि इम्जा खोलामा पानीको सहत नबढेको तथा पानीको बहावमा कुनै परिवर्तन नभएको जानकारी प्राप्त भएको, हालै गएको भूकम्पबाट इम्जा हिमतालमा कुनै क्षति नभएको र तल्लो तटीय क्षेत्रमा तत्कालका लागि बाढीको कुनै सम्भावना नरहेको विभागले जनाएको छ ।

भूकम्पबाट इम्जा हिमताल फुटेको वा फुट्न सक्ने भन्ने हल्लामा सत्यता नभएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई निर्धक्कका साथ आफ्नो दैनिक क्रियाकलाप सञ्चालन गर्न विभागले अनुरोध गरेको छ । रासस