५ कार्तिक २०८३, बिहिबार

सिन्धुपाल्चोकमा तीन हजार सर्वसाधारणको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sindhupalchok2चौतारा, २२ वैशाख । विनाशकारी भूकम्पबाट सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या तीन हजार ६५६ पुगेको छ ।

भूकम्पबाट चार हजार ५८ जना घाइते भएका छन् । दुई नगरपालिका र ६८ गाविस रहेको यहाँको साँगाचोकमा सबैभन्दा बढी २६० जनाको मृत्यु भएको छ । स्थानीय विकास अधिकारी युवराज कटेलका अनुसार घाइते २१९ जनाको जिल्ला अस्पताल चौतारा र १७५ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कटेलले बताउनुभयो ।

यसैगरी पीडितलाई हेलिकोप्टर तथा सडकबाट राहत सामग्री उपलब्ध गराइरहेको कटेलले जानकारी दिनुभयो । “त्रिपाल अभाव भएको छ, यसले राहत वितरणमा कठिनाइ भइरहेको छ” उहाँले भन्नुभयो । दुर्गम गुम्बा, गोलचे, हगामलगायत गाविसमा आज सडकबाट तीन ट्रकमा राहत सामग्री पठाइएको छ । रासस