५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितलाई राहत बाँड्न सुदूरपश्चिमको टोली प्रभावित क्षेत्रमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhangadhi-rahatधनगढी, २२ वैशाख । गत वैशाख १२ गते गएको भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई राहत बाँड्न सुदूरपश्चिमको एक टोली प्रभावित क्षेत्रतर्फ लागेको छ ।

भूकम्पबाट प्रभावित धादिङ, नुवाकोट र सिन्धुपाल्चोक क्षेत्रमा राहत बाँड्न सुदूरपश्चिमको टोली मंगलबार राहत सामग्री सहित त्यसतर्फ प्रस्थान गरेको हो । राहत सामग्री सहितको टोलीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले विदाई गरेका छन् ।

राहत सामग्री बोकेको टोलीलाई जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले विदाई गर्नु भएको हो । विदाइ कार्यक्रममा राहत सामाग्री र वितरणबारे सेती महाकाली ट्रक व्यवसायी समितिका अध्यक्ष देवबहादुर बम, साथी इन्टरप्राइजेज प्रालि धनगढीका प्रमोद पाठकले जानकारी दिएका थिए ।

सुदूरपश्चिमबासीका तर्फबाट संकलन गरिएको राहत धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा पु¥याइने टोलीमा रहेका ट्रेस नेपाल धनगढीका कार्यकारी निर्देशक छत्र बमले बताए । साथी इन्टरप्राइजेज, ट्रेस नेपाल धनगढी, पबन पुस्तक भण्डार धनगढी, डिभोटी ट्रेडिङ एण्ड रिसर्च सेन्टर, गुरुकुल इन्स्टिच्युट अफ टेक्निकल एजुकेशन महेन्द्रनगर, कोहलपुर, पद्मा अस्पताल, कान्तिपुर सुदूरपश्चिम टेक्निकल कलेज, मनकामना ट्रेडिङ एण्ड स्किल डेभलपमेन्ट धनगढी र सेती महाकाली ट्रक व्यवसायी समितिले राहत पठाएका हुन् ।

भुकम्प पीडितका लागि ती संस्थाहरुले १ हजार ९५० टेन्ट, आठ परिवारलाई १५ दिनका लागि एक सय २० क्वीन्टल चामल र सात सय ३० पोका कपडा पठाएका छन् ।