भोजपुर, २२ वैशाख । भोजपुरको साङपाङमा आज दिउँसो श्रीमानको कुटाईबाट एक महिलाको ज्यान गएको छ ।
आपसी बिवादका कारण साङपाङ ७ का ४० बर्षीय पेमनुरी शेर्पाको कुटपिटबाट ४१ बर्षीया अंङछिरी शेर्पाको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाईते भएकी अङछिरीको उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
कुटपिट गर्ने श्रीमानलाई आवश्यक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएको छ । घटनापछि भोजपुरमा तनाव सिर्जना भएको छ । महिला अधिकारकर्मीले अभियुक्तलाई कडा कारवाहीको माग गरेका छन् ।















प्रतिक्रिया