– सुशिल नेपाल
पाल्पा, २२ वैशाख । पाल्पामा भूकम्प पीडितका लागि खलङ्गा टोलविकास संस्था तानपा १ मेहल्धाराले राहत संकलन गरेको छ ।
खलङ्गा टोलविकास संस्थाले मंगलबारसम्म ३८ हजार ३ सय ७१ रुपैयाँ राहत संकलन गरेको जनाएको हो । संस्थाले उक्त राहत रकम जिल्ला दैवी प्रकोप उद्धार कोष पाल्पामा सहयोग गरेको छ ।
मंगलबार टोलविकास संस्थाका अध्यक्ष क्या.पिताम्बर गाहाले पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई राहत रकम हस्तान्तरण गरेका हुन ।
टोलविकास संस्थाले टोलका प्रत्येक सदस्यहरुबाट जम्मा गरिएको रकम राहत कोषमा जम्मा गरिएको अध्यक्ष क्या.गाहाले बताए । यो अवस्थामा टोलविकास संस्थाहरुले समेत आफ्नो तर्फबाट योगदान गर्नुपर्छ भन्ने सोचले राहत संकलन गरेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जिल्ला दैवी प्रकोप उद्धार कोषमा जम्मा भएका सबै रकम जिल्लाका भूकम्प पीडितहरुलाई राहत स्वरुप वितरण गरिरहेको जानकारी गराउँदै अन्य संघ संस्थाहरुलाई पनि सहयोग गर्न अनुरोध गरेका छन ।















प्रतिक्रिया