३० आश्विन २०८३, शुक्रबार

बेष्ट रेमिटले निःशुल्क सेवा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FREE SERVICE CHARGE-1काठमाडौं, २२ वैशाख । गैरआवासीय नेपालीहरुद्धारा संचालित वेष्ट रेमिट नेपालले मुलुकमा आएको विनाशकारी भूकम्पप्रति दुःख प्रकट गर्दै केही अवधिका लागि आफ्नो सेवा शुल्कलाई निःशुल्क दिने घोषणा गरेको छ ।

वेष्टले आफ्ना सेवाग्राहीका लागि कतार र मलेसियाबाट यही मे ४ देखि मे १८ सम्म १५ दिनका लागि स्वदेश पैसा पठाउदा कुनै पनि सेवा शुल्क नलाग्ने बताएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै वेष्ट रेमिटले पीडामा परेका नेपालीहरुलाई थप शक्ति मिलोस भन्ने कामना समेत गरेको छ ।

यसअघि वेष्ट रेमिटले भूकम्प पीडितका लागि काठमाडौको बसुन्धरामा रहेको चिरायु अस्पतालसँग सहकार्य गरी मे १ देखि ६ सम्म निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था समेत गरेको थियो ।

best-chirayu