५ कार्तिक २०८३, बिहिबार

फेसबुकमा प्रधानन्त्रीको गलत प्रचार गर्ने युवा नेपालका अध्यक्ष पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chor

काठमाडौँ, २२ बैशाख । प्रधानमन्त्री राहत कोषका विषयमा सामाजिक सञ्जाल फेसबुकमा भ्रामक प्रचार गरेको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

‘कर्मठ युवा नेपाल’ भन्ने एकाउण्टमार्फत भूकम्प पीडितको राहतका विषयमा प्रधानमन्त्री राहत कोष बिरुद्ध बिभिन्न भ्रामक र अनर्गल सूचनाहरु राखेको भन्दै मोरङ्गका विवेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ्ग लेटाङ्ग भोगटेनी नगरपालिका वडा नं. ७ का २४ बर्षीय राई कर्मठ युवा नेपाल’ को अध्यक्ष भएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखा हनुमानढोकाको अनुसन्धान र समन्वयमा इलाका प्रहरी कार्र्यालय लेटाङ्गले मंगलबार बिहान उनलाई पक्राउ गरेको हो । राष्ट्रमा आइपरेको बिपदको समयमा सर्बसाधारण माझ नकरात्मक प्रभाब पार्ने गरी सूचनाहरु सम्पे्रषण गरी प्रशारण गरेका कारण उनलाई नियन्त्रणमा लिइएको हनुमानढोका प्रहरीले जनाएको छ । उनले प्रधानमन्त्री र मन्त्रीहरुका विषयमा फेसबुकमा नकारात्मक सन्देश फैलाएका थिए ।