१४ कार्तिक २०८३, शनिबार

भारतीयको दादागिरी-‘सेनाले नेपालका परराष्ट्रमन्त्रीलाई टेरेन्, विमानस्थल नछाड्ने रणनीति’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian_armyकाठमाडौं, २२ वैशाख । गत शनिवार नेपालमा आएको विनाशकारी भूकम्पको विपत्तिमा परेका नेपालीहरुको उद्दारका लागि विश्वका विभिन्न देशबाट खोज उद्दार तथा राहत टोली आए । सबैले आफुले भ्याएसम्म खोज तथा उद्दारमा लागे ।

सबैभन्दा पहिले खोज तथा उद्दारका लागि नजिकैको छिमेकी देश भारत नेपालमा आएको थियो । त्यसपछि अन्य देशका उद्दार टोली नेपाल आएका थिए । सबैभन्दा पहिले आएको भारतले नेपालमा उद्दारका लागि १३ वटा विमान नेपाल ल्याएको थियो ।

जून अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा राखिएका छन् । अन्य देशका विमानपनि केही मात्रामा नेपाल आएका थिए । ति सबैलाई अहिले सरकारले फिर्ता पठाईसकेको छ ।

भूकम्पपछि जनजीवन सामान्य बन्दै गएपछि भर्खरैमात्र सरकारले विदेशबाट आएका खोज तथा उद्दार टोलीलाई फिर्ता पठाउने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन गराउने जिम्मा परराष्ट्रमन्त्रीको थियो ।

indian-helicopter

सबै देशका कूटनीतिक नियोगका अधिकारीहरुलाई सोमबार परराष्ट्र मन्त्रालयमा बोलाएर परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उद्दार टोलीहरुलाई स्वदेश फर्कन आग्रह गरेका थिए । नेपाल सरकारको आग्रहपछि धेरै देशका खोज तथा उद्दार टोली फर्किसकेका छन् । तर छिमेकी देश भारतले फिर्ता हुन् मानेको छैन् ।

उद्दारमा खटिएदेखि आलोचना खेपिरहेको भारतीय उद्दार टोलीले नेपाल सरकारको आदेश नमानेको हो । भारतका अधिकारीले परराष्ट्रमन्त्रीको त्यो आग्रहलाई टेरेका छैनन् । उनीहरुले आफ्नो विमानहरु अहिले पनि प्रभावित क्षेत्रमा उद्दारका लागि खटिएको भन्दै उद्दार कार्य नसकिएसम्म नजाने जवाफ फर्काएका छन् ।

१३ वटा विमानसहित भारतीय टिमको नेतृत्व गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्याम्प बनाएर बसिरहेका भारतीय सेनाका मेजर जनरल जेएस सन्धुले भारतीय हेलिकोप्टरहरु राहत वितरण खटिएका छन् भनेर परराष्ट्रमन्त्री पाण्डेको आग्रहलाई चुनौती दिएका छन् ।

Indian_army

सरकार जति बेला जा भन्छ त्यती बेला घर जाने बताउने भारतीय सेनाले नेपाल सरकारको आदेशलाई उद्दारको बहानामा टार्न खोजेको छ । उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नछाड्ने रणनीतिमा नेपाल सरकारलाई नटेरेका हुन् ।

आफुहरुले नेपाली सेनाकै कमाण्डमा उद्दारको काम गरिरहेको भारतीय सेनाको दाबी छ । तर उनीहरुले विमानस्थल होस् वा उद्दार क्षेत्रमा नेपाली सेनालाई टेरेका छैनन् । सरकारलाई त नटेर्ने उनीहरुले सेनालाई कसरी टेर्लान ?

भारतीय सेनाका अनुसार नेपालमा भारतले १३ वटा हेलिकोप्टर, २८ वटा मेडिकल टीम र १४१५ उद्दारकर्ता सेना खटाएको छ । जसमा ६ वटा हेलिकोप्टर काठमाडौंमा छन् भने, ७ वटा पोखरा विमानस्थलमा छन् ।

भारतीय सेनाले राहत वितरणमा नेपाली सेनासँग थप समन्वय गरेर अगाडी बढ्ने भनाई पनि अघि सारेको छ । सरकारको फिर्ता पठाउने निर्णय पहिले भारतले विमानस्थल मनपरी गर्नुको साथै उद्दारमा खटाएका प्रत्येक होलिकप्टरमा आफ्ना जासुस पठाउँदै आएको थियो ।

indian-helicopter-nepal

जासुस पठाएको खबर बाहिर आएपछि प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको निरीक्षण समेत गरेका थिए । विमानस्थलमा भारतीय सेनाको मनपरी चलेपछि प्रधानमन्त्री कोइरालाले नेपाली सेनालाई चनाखो हुन निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्रालयका अनुसार हालसम्म ४५ देशका खोज उद्दार टोली स्वदेश फिर्ता भइसकेका छन् । तर भारतीय टोलीले भने वहाना बनाएर फर्किन नमानेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । भारतीय टोलीको यस्तो कदमले नेपालको राष्ट्रियतामाथि नै प्रश्न चिन्ह उठेको विज्ञहरु बताउँछन् ।