५ कार्तिक २०८३, बिहिबार

नेपाली सेनाद्वारा विभिन्न जिल्लामा उद्धार तथा राहत कार्य जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-senaकाठमाडौँ, २२ वैशाख । नेपाली सेनाले भूकम्पबाट प्रभावित १४ वटा जिल्लाका २८४ गाविसमा प्रभावकारी ढङ्गले फौजलाई परिचालन गरी आफूसँग उपलब्ध स्रोत, साधनको अधिकतम रुपमा सदुपयोग गर्दै आज पनि निरन्तररुपमा खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्दै आइरहेको छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क कार्यालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार सोमबार नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अबेर रातिसम्ममा काठमाडाँै जिल्लाको गोंगबुबाट तीन जनाको शव र दोलखा जिल्लाको लामावगरबाट तीन जनाको शव उत्खनन गरी निकालेको थियो ।

त्यसैगरी, सोमबार नेपाली सेनासँग भएका विभिन्न किसिमका हेलिकप्टर भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, काठमाडाँै, रामेछाप, धादिङ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रसुवा, ओखलढुङ्गा, दोलखा, मकवानपुर र सिन्धुलीमा उद्धार टोलीसहित राहत सामग्री लिई गएको थियो ।

सोही क्रममा सोमबार सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, दोलखा, काभ्रेपलाञ्चोक र धादिङ जिल्लाका विभिन्न स्थानबाट स्वदेशी नागरिक २०७ जना र विदेशी नागरिक १८ जना गरी जम्मा २२५ घाइते बिरामीलाई नेपाली सेनाको हवाई साधनद्वारा उद्धार गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसै क्रममा सोमबार अबेर रातिसम्ममा नेपाली सेनाले हवाई तथा यातायातको साधन प्रयोग गरी सिन्धुपाल्चोक जिल्लामा खाद्यान्न १९ टन र राहत सामग्री १७.५ टन, रामेछाप जिल्लामा खाद्यान्न २२ टन, त्रिपाल ५८५ थान र कम्बल २३५ थान, दोलखा जिल्लामा खाद्यान्न १.५३ टन र राहत सामग्री १.५ टन, काभ्रेपलाञ्चोक जिल्लामा खाद्यान्न ३.०८ टन, पाल १४० थान र मन्डी १०० थान पु¥याइएको थियो ।

त्यसैगरी, ओखलढुङ्गा जिल्लामा खाद्यान्न तीन टन, पाल २५७ थान र मन्डी ९० थान, मकवानपुर जिल्लामा खाद्यान्न ४०.२ टन, पाल १०३ थान, त्रिपाल ४०० थान र म्याट्रेस ६०० थान एवम् सिन्धुली जिल्लामा खाद्यान्न ३.५ टन, कम्बल ४०२ थान, त्रिपाल ३११ थान र म्याट्रेस १३५ थान पु¥याइएकोे थियो ।

काठमाडौँमा खाद्यान्न चार हजार केजी, पाल २८३ थान र मन्डी ३०० थान, भक्तपुरमा खाद्यान्न ५० टन र पाल ४९१ थान र ललितपुरमा खाद्यान्न पाँच टन पु¥याइएकोे थियो । नुवाकोटमा खाद्यान्न छ टन, पाल ५० थान र मन्डी ५० थान, धादिङमा राहत सामग्री ११ टन, रसुवामा खाद्यान्न १८१.४४ केजी, पाल २५ थान र मन्डी ४४ थान र गोरखामा खाद्यान्न १४.७ टन, राहत सामग्री १०.१ टन, त्रिपाल १५४ थान र कम्बल १८३ थान पु¥याइएकोे सेनाले जनाएको छ ।

यस राष्ट्रिय विपद्को कठिन घडीमा नेपाली सेनाले आफ्नो जनधनको क्षति भए तापनि कति पनि विचलित नभई देश र जनताप्रति समर्पित रही खोज, उद्धार र राहत सामग्री पु¥याउने कार्यमा अहोरात्र खटिरहेको छ । रासस