१४ कार्तिक २०८३, शनिबार

भूकम्पबाट ७ हजार ५५७ को मृत्यु, घाइते पनि बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Kathmandu-Mandir11काठमाडौँ, २२ वैशाख । विनाशकारी भूकम्पबाट मर्नेको सङ्ख्या सात हजार ५५७ पुगेको छ । गृहमन्त्रालयले आज केहीबेर अगाडि उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ५३६ पुगेको छ ।

यस अवधिमा १० हजार ७१८ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् भने १४ हजार ७४१ घर तथा भवन आंशिक क्षति भएका छन् । सर्वसाधारणका एक लाख ९१ हजार ५८ घर पूर्णरूपमा क्षति भएका छन् भने एक लाख ७५ हजार १६२ घर आंशिक क्षति भएको छ ।

जनगणना २०६८ का अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २२४ घरधुरीमध्ये ७.१५ प्रतिशत घर क्षति भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ९११ जना, काठमाडौँमा एक हजार २०२ जना र नुवाकोटमा ९०४ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । रासस