काठमाडौं, २२ वैशाख । महाभूकम्पका कारण नेपालको उच्च हिमाली र पहाडी भेगका ठूला चट्टानसमेत चिरिएका छन्।
विभिन्न अनुसन्धान संस्थाहरूले सार्वजनिक गरेको भूउपग्रह तस्बिरमा चट्टान फुटेको तथा धेरै पहाडी भेगमा सानाठूला पहिरो झरिरहेको देखिन्छ।
अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले समेत उच्च हिमाली भेगमा केही नदी थुनिएको पुष्टि गरेको छ। बाटोको पहुँच नभएका दुर्गम क्षेत्रमा ठूला पहाडसमेत भत्किएको वैज्ञानिकहरूले बताएका छन्।
नासाले पहिलो चरणमा सार्वजनिक गरेको तस्बिरअनुसार सबैभन्दा धेरै पहिरोका धर्सा गोरखा, रसुवा र सिन्धुपाल्चोकमा देखिएका छन्। त्यस्तै रसुवाको माथिल्लो भेगमा अझै ठूला पहिरोको खतरासमेत औंल्याइएको छ।
पहिरोले नदी बन्द गरेपछि ताल बन्ने क्रमसमेत रसुवा तथा गोरखाको माथिल्लो भागमा बढिरहेको छ।
भूकम्पका कारण पहाड फुट्ने र त्यहाँका चट्टान र माटो पहिरोका रूपमा झर्ने खतरा बढेको इन्जिनियरिङ भूगर्भविद् डा रञ्जनकुमार दाहालले बताएको अन्नपूर्ण पोष्टले छापेको छ ।















प्रतिक्रिया