२ कार्तिक २०८३, सोमबार

सुत्केरी पत्नी अस्पतालमा छाडेर पति फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २२ वैशाख । सुत्केरी व्यथा लागेर डँडेलधुराको उपक्षेत्रीय अस्पतालमा भर्ना भएकी सरिता खड्कालाई अस्पतालकै बेडमा छोडेर पति फरार भएपछि उनी अहिले अलपत्र परेकी छन् ।

एक वर्षअघिदेखि बझाङको चैनपुरमा बस्दै आएको यो जोडी बैशाख ७ गते गर्भवती सरितालाई अप्ठ्यारो भएपछि उपचार गर्न उनका पतिले डँडेलधुरा ल्याएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तिमी एकछिन आराम गर । म पाँच मिनेटमा आइहाल्छु भनेर गएका सरिताका पति अर्जुन खड्का हालसम्म पनि सम्पर्कमा नआएपछि सरिता अहिले अलपत्र परेकी हुन् ।

डँडेलधुरामा पनि सुत्केरी गराउन नसकेपछि सरितालाई धनगढी अञ्चल अस्पतालमा रिफर गरिएको थियो । उनको पेटबाट मरेको अवस्थामा बच्चा निकालेपछि अस्पतालका कर्मचारीको पहलमा सरिता शनिबार बझाङ फिर्ता भएकी छन् ।

‘म मर्ने र बाँच्ने दोसाँधमा थिए,’ सरिताले भनिन्, ‘अस्पतालको बेडमा छाडेर हिँडेका पति डेरामा आयोकि भनेर यहाँ आएकी हुँ तर यहाँ पनि भेटिएन । फोन पनि अफ छ, अब कता जाऔं के गरौं ।’

डँडेलधुराको गैरा गाविस किमाडरु घरको परिचय दिएका उनका पति अर्जुनले १२ बर्षअगाडि चाकल हुँदा सरितासँग प्रेम विवाह गरेका थिए । तर अहिलेसम्म उनले सरितालाई परिवारसँग भेट गराएका छैनन् ।

सरिताले आफ्नो समस्या जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएकी छन् । निमिक्त प्रहरी नायबउपरीक्षक कमल विष्टले अनुसन्धान गरी पीडितलाई न्याय दिलाउने बताए ।