२ कार्तिक २०८३, सोमबार

नन्दप्रसादको घरलाई भूकम्पले केही गरेन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nandaprasadगोरखा, २२ वैशाख । जिन्दगीमै भूकम्प गएकाहरुको घर सग्लो हुनु नहुनुले ठूलो अर्थ अर्थ राख्दैन । महाविपत्तिमा यो खोजीको विषय पनि नहुन सक्छ ।

भूकम्प प्रभावित क्षेत्रका गाउँ घुम्ने क्रममा संयोगले गोरखाको फुजेलस्थित नन्दप्रसाद अधिकारीको घरनजिकै पुगिएछ ।

अवस्थाबारे जिज्ञासा हुँदा अघि लागेर बाटो देखाईदिन गाउँले तयार भएनन् । यस्तो व्यवहारले झन जिज्ञासा थप्यो ।

त्यसपछि भूकम्पको क्षतिबारे बुझन तथा व्यक्ति र संस्थाको बलमा संकिलत थोरै राहत वितरणका लागि पुगेको टोली छाडेर पुगियो उक्त घर । कान्तिपुर दैनिकमा समाचार छ ।

आमरण अनसनमा बसेका नन्दप्रसाद दम्पत्तीमध्ये ति ३ सय ३० दिनपछि गत असोज २६ मा दिवंगत भए ।

३ सय ५९ औं दिनमा पत्नी गंगामायाले अनसन तोडिन । त्यसपछि त्यो घर कोही गएका छैनन् ।