काठमाडौं, २२ वैशाख । भूकम्प गएपछि २ सय १८ कैदी फरार भएका छन् ।
केहीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । केही भने सम्पर्कमा नआएको प्रहरीको दाबी छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक कारागारका सबै कैदी भागेको नयाँ पत्रिका दैनिकले छापेको छ । भागेकामध्ये २ जनालाई पक्राउ गरिएको छ ।
अन्य १ सय ५० कैदी कारागार कार्यालयका प्रमुखसँगै सम्पर्कमै रहेको प्रहरी सहप्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए ।
काठमाडौं केन्द्रीय कारागारबाट ३ जना भागेका छन् । डिल्लीबजारबाट १ जना भागेका छन् ।
केन्द्रीय कारागारमा भागदौड मच्चिदा १६ जनाको मृत्यु भएको थियो ।















प्रतिक्रिया