५ कार्तिक २०८३, बिहिबार

त्रिशूलीमा थुनिएका चार जनाको दश दिनपछि उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Trishuli-3-A-photo-धुन्चे(रसुवा), २१ वैशाख । निर्माणाधीन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् परियोजनाको सुरुङमा थुनिएका चार जनाको आज सकुशल उद्धार गरिएको छ ।

चारै जना दश दिनदेखि सुरुङमा थुनिएका थिए । उनीहरुलाई उद्धार गरी नुवाकोटको मनकामना गाविसको शान्तिबजार पु¥याइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जीवन केसीले जानकारी दिनुभयो । सुरुङमा दुई शव ढुङ्गाले थिच्चिएको अवस्थामा रहेको उहाँले बताउनुभयो । “शव निकाल्ने काम आज सकिएन” उहाँले भन्नुभयो ।

यसैगरी रसुवागढीमा पहरामा परी बेपत्ता भएका मानिसको उद्धार आज पनि हुन सकेन । भिरबाट ढुङ्गा खस्ने क्रम नरोकिँदा उनीहरुको उद्धार हुन नसकेको हो । यहाँ चीनको केरुङबाट सामान ल्याएर आएका ११ कन्टेनर पुरिएका छन् ।

कन्टेरनर पुरिँदा त्यसमा सवार चालक र तिनका सहयोगीसमेत रहेको आशङ्का गरिएको छ ।  रसुवामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४३६ पुगेको छ । रासस